
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘प्रेम गीत ३’ अभिनेता मनिष राउतसँग रोमान्स गर्ने भएकी छन् ।
सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा यी दुबै कलाकारको रुपमा फाइनल भएका हुन् ।
त्यस्का साथै साम्राज्ञी र आना शर्मा एकै चलचित्रमा देखिने भएका हुन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रमा यी तीनजना सँगै बिहिबार सम्झौता भएको छ।
फिल्मको मुख्य अभिनेत्रीका रुपमा आना शर्मा समेत छानिएकी हुन् । प्रवेश पौडेलको निर्देशन रहने फिल्मको नाम भने जुर्न बाँकी छ । फिल्म यूवा मनोविज्ञानको कथामा निर्माण हुन लागेको हो ।
कोरोना महामारी सहज भएपछि फ्लोरमा जाने बताइएको फिल्ममा ‘डक्टर डेनिम’ को प्रस्तुति, छत्रजंग पाण्डे र अनुप पौडेल निर्माता रहेका छन् । फिल्मका सहनिर्माता करन साउद हुन् ।