
पूर्वी नेपालको इलाम चिया खेतीको लागि अग्रणी जिल्लाको रूपमा रहेको छ। जिल्लाका २० प्रतिशत जनता चिया खेतीबाट जीवन गुजारा गरिरहेका छन्। इलाममा वि सं. १९२० देखि नै सुरु भएको इतिहास छ।
नेपालको सीमावर्ती क्षेत्र इलाम जिल्ला अन्तर्गतको सूर्योदय नगरपालिकाको विभिन्न चिया बगानबाट दैनिक तिस देखि चालिस हजार केजी चियापत्ती भारतीय गाडी मार्फत भारत लगिरहेको छन् । जसले गर्दा चिया उद्योगसित बाँचेका लाखौँ श्रमिकहरूको पेट मार्ने काम पनि अवैध तरिकाले भारत छिरिरहेको नेपालको चियापत्तिले गरिरहेको छ ।
नेपालको चिया लगेर उत्कृष्ट चिया दाबी गर्दै दार्जिलिङ
अवैध बाटोबाट नेपालको चिया लाने अनि त्यहाँको गुणस्तर प्रयोग गरेर नेपालको चियालाई आफ्नो दाबी गरिरहेको छ । दार्जिलिङमा रहेको ८० भन्दा अधिक चियाबारीहरु मध्ये केही चिया बगानहरूले नेपालबाट खुल्लम खुल्ला चिया लगेर आफ्नो दाबी गरिरहेका हुन् । नेपालका चिया उद्योगमा नै प्रशोधित हुनुपर्ने चियापत्ती केही चिया माफियाहरूको माध्यमबाट खुल्लम खुल्ला भारत लगेर भारतीय र विश्वकै उत्कृष्ट दाबी गरिरहेको छ ।

नेपाल चिया प्रशोधित गर्न सक्षम राष्ट्र हो भनेर विश्वमा नै कहलिइरहेको बेलामा भारतले खुल्लम खुल्ला चिया लगेर आफ्नो दाबी गरेर बेच्नु आफैमा अवैध धन्दा हो । नेपालको चियापत्ती नेपालमा नै तयार गरेर देश – विदेशमा राम्रै आर्जन गरिरहेको बेला माफियाहरूले नेपालको काँचो चियापत्ती दार्जिलिङ लगेर बेच्नु गैर कानुनी हो । त्यसमाथि पनि नेपालको चिया पत्तीलाई आफ्नो दाबी गरेर विश्वव्यापी रूपमा प्रचार गरिरहेको दार्जिलिङलाई रोक्ने आँट कसले गर्न सक्ने ? नेपालको हरियो चियापत्ती लगेर आफ्नो दाबी गरिरहँदा खेरि नेपालको चियाको गुणस्तर उत्कृष्ट रहेको यसैले नै प्रमाणित गर्छ ।
स्थानीय सरकारले कार्यविधि २०७५ मा हरियो चिया पत्तीलाई भारत निकासीमा बन्द गर्ने भने पनि अवैध रूपमा निकासी हुन छाडेको छैन । नेपाल भारतक बिचको खुल्ला सीमा नाकाको कारणले गर्दा सीमामा रहेको छब्बिसे, नाखापानी, खोलागोदाम, हिले भञ्ज्याङ् जस्ता नाकाहरूबाट अवैध रूपमा दार्जिलिङको चिया बगानमा नेपालको चिया पुगिरहेको छ ।
नेपालबाट अवैध चियापत्ती लाँदा नेपाललाई ठुलो नोक्सान हुन्छ साथसाथै नेपालबाट अवैध रूपमा चियापत्ती लानु अनि मिसाएर बेच्नु भारतको लागि पनि नोक्सान नै हुने विज्ञहरू बताउँछन् । सीमावर्ती भारतीय चियाबगानहरुले नेपालको चियापत्ती किनेर आफ्नो बगानमा उत्पादित चिया मिसाएर बेचेको आरोप लागिरहेको बेला यस्तो अवैध कार्य रोक्न प्रशासन मौन रहेको देखिन्छ । चिया श्रमिक अनि चिया उद्योगमाथि आइरहेको यस्तो विपत्तिको बेलामा अवैध क्रियाकलाप गर्नेहरू माथि प्रशासन र स्थानीय सरकार चुकेको पो हो कि ?
स्थानीय सरकारले कार्यविधि २०७५ मा हरियो चिया पत्तीलाई भारत निकासीमा बन्द गर्ने भने पनि अवैध रूपमा निकासी हुन छाडेको छैन । नेपाल भारत बिचको खुल्ला सीमा नाकाको कारणले गर्दा सीमामा रहेको छब्बिसे, नाखापानी, खोलागोदाम, हिले भञ्ज्याङ् जस्ता नाकाहरूबाट अवैध रूपमा दार्जिलिङको चिया बगानमा नेपालको चिया पुगिरहेको छ ।

नेपालबाट दिनहुँ ३० देखि ४० हजार चियापत्ती भारतको दार्जिलिङमा अवैध रूपमा निकासा हुँदैछ । जुन यहाँ प्रशोधन गर्दा ९ हजार केजी चिया हो । नेपालको चियापत्ती लगेर विश्वमै उत्कृष्ट चिया भन्दै दाबा गर्ने दार्जिलिङमा चिया निकासा गर्न छाड्ने हो भने नेपालको अर्थतन्त्रमा वृद्धि हुने विज्ञहरूको दाबी छ ।
अवैध रूपमा चिया जानु नेपालको चिया उत्कृष्ट रहेको प्रमाण
यसरी अवैध रूपमा भए पनि नेपालबाट चियापत्ती लगेर आफ्नो नाममा ब्रान्डिङ् गर्नु नेपालको चिया उत्कृष्ट रहेको प्रमाणित हुनु हो । उक्त कुरालाई दार्जिलिङमा रहेका भारतीय मिडियाहरूले पनि स्विकारी सकेका छन् ।
भारतले अवैध रूपमा चियाहरू किन्दा दार्जिलिङको चियाको भविष्य नै अन्धकारमा रहेको श्रमिकहरूलाई उद्धत गर्दै भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । १० वर्षदेखि नेपालको चियापत्ती अवैध रूपमा भारत पठाइरहेको पाइएको छ ।
यसरी नेपाली बगानबाट अवैधरुपमा हरियो चियापत्ती भारत निर्यात हुनु भारतलाई नै घाटा लाग्ने रहेको भारतीय मिडियाहरूको दाबी छ । भारतले अवैध रूपमा चियाहरू किन्दा दार्जिलिङको चियाको भविष्य नै अन्धकारमा रहेको श्रमिकहरूलाई उद्धत गर्दै भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । १० वर्षदेखि नेपालको चियापत्ती अवैध रूपमा भारत पठाइरहेको पाइएको छ ।
नेपालमा प्रशोधित चिया यहाँका चिया व्यवसायीहरूले सिएफएल गरेर भारतीय कस्टममार्फत नै नेपाली चिया नियमबद्ध तरिकाले भारत पठाउने गरेको छन् तर पनि चिया माफियाहरूको कारण नेपालले लगातार घाटा व्यहोर्नु परेको छ । नेपालको चियालाई खुल्लम खुल्ला दार्जिलिङको नाम दिएर विश्वव्यापी रूपमा चर्चा कमाए पनि नेपालबाट निर्यात हुन छाडेपछि त्यहाँको चियाको गुणस्तरमा कमी आउने छ जसले गर्दा त्यहाँको चियाको माग घट्ने छ ।

नेपालबाट अवैध रूपमा लाने चियापत्तीहरु उत्पादकलाई नेपाल सरकारले राम्रो सहुलियत र सुविधा दिन सके राजश्व सङ्कलनमा टेवा पुग्नेछ तर सरकार मौन छ । यसरी नै अवैध रूपमा नेपालको चिया भारततर्फ निर्यात हुने हो भने भविष्यमा नेपालले ठुलो क्षति व्यहोर्नुपर्ने देखिन्छ ।
इलामको चिया : एक संक्षिप्त परिचय
इलाम भन्ने बित्तिकै जो कोहीको मनमा “चिया” को सहर भन्ने नै आउँछ । चियाको राजधानीको नामले चर्चा बटुलेको इलाममा चिया बाट नै आयआर्जन गर्नेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । सूर्योदय नगरपालिकालाई चियाको राजधानी भनेर चिनिन्छ । यस नगरपालिकामा वार्षिक ५० लाख किलो वार्षिक उत्पादन हुन्छ ।

दिनको ४० हजार किलो हरियो चियापत्ती अवैधरुपमा भारत निर्यात हुँदा नेपाल सरकारलाई पनि ठुलो व्यापार घाटा हुने गरेको छ । कोरोनाको महामारीको बेला कुनै पनि सतर्कता नअपनाई भारतीय गाडीहरू नेपाल आउँदा कोरोनाको जोखिम उच्च हुने गरेको छ । सूर्योदय नगरपालिकामा भारतीय रुपैयाँ (भारु) पैसा छ्यापछ्याप्ती रूपमा पाउन थालेका छन् । त्यो पनि आफैमा सुरक्षित छैनन् ।
एक त नेपालको चिया खुल्लम खुल्ला भारत लगेर आफ्नो ब्रान्ड भनेर विश्वव्यापी रूपमा प्रचार गर्नु अर्को तर्फ सरकार र प्रशासन मौन बस्नुले पनि त्यहाँका स्थानीय बासिन्दा अचम्मित बनेका छन् ।