
वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो ।
संक्रमित भएका चिकित्सकमा केही दिन अगाडीदेखि ज्वरो आउने र पखला लाग्ने समस्या भएको थियो । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
अस्पतालमा आएका विरामी र चिकित्सकमा समेत संक्रमण देखिएपछि वीर अस्पतालले केही चिकित्सक तथा नर्सहरुलाई अस्थायी क्वारेन्टिनमा राखेको छ ।
अस्पतालले सुन्धारामा एक होटललाई भाडामा लिई आफ्ना स्टाफ राख्ने अस्थायी क्वारेन्टिन बनाएको छ ।