
कोरोना भाइरस संक्रमणका कारण काठमाडौँको ओम अस्पातलमा एक जनाको मृत्यु भएको छ।
चाबहिलस्थित ओम अस्पताल उपचारका क्रममा बुधबार मृत्यु भएकी धनुषाकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।
ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।
१७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
उनीसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ।