
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत हुँदा सम्पर्कविहिन बनेका एक व्यक्ति सम्पर्कमा आएका छन् ।
पिसिआर परीक्षणको अन्तिम रिपोर्ट कुरिरेका बेला ती संक्रमित भागेका थिए।
उनी आइसोलेसनबाट भागेपछि केहीबेरमा फर्किएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिएका छन्।
‘१२ दिनदेखि उपचाररत उनलाई भोलि डिस्चार्ज तयारीमा थियौं’, उनले भने, ‘आत्तिएर हुन सक्छ आइसोलेसनबाट निस्किएर भागेछन्। अहिले आइसकेका छन्, रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गर्दैछौं।’