
वीरगन्ज । विहिवार पर्सामा फेरी ठूलो संख्यामा कोरोना पुष्टि भएको छ । बिहीबार बिहान नेपाली सेना, डाक्टर, बैंकका कर्मचारीसहित थप ४३ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यति ठूलो संख्यामा कोरोना पुष्टि भएको हो । ६ महिला र ३७ पुरुषलाई कोरोना पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।
.वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका ५ र वीरगन्ज कारागारमा कार्यरत ७ मा कोरोना पुष्टि भएको हा । त्यस्तै वीरगन्जकै नेपाल इन्भेस्टमेन्ट बैंकमा कार्यरत २८ बर्षका एक पुरुष कर्मचारी र नारायणी अस्पतालमा उपचाररत मृगौला रोगी वीरगन्ज –१० की ३५ बर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।
यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ वर्ष देखि ७३ वर्षसम्मका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका २ का २७ बर्षिय एक पुरुष , पोखरिया नगरपालिका ६ का ३३ बर्षिक एक पुरुष र वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासमा कार्यरत ३० बर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
त्यस्तै बाराको देवताल गाँउपालिका घर भएका ३३ बर्षका एक पुरुष, बाराकै प्रसौनी २ घर भएकी ७३ बर्षिया एक वृद्घा , रौतहट मौलापुरका २७ वर्षीय एक पुरुष र महोत्तरी जिल्ला घर भएका ३७ बर्षका एक चिकित्सकमा पनि कोरोना पु्ष्टि भएको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए। पर्सामा कोरोनाका कारण अहिलेसम्म १७ जनाको निधन भइसकेको छ। साउनमा मात्रै पर्सामा १३ जनाको निधन भएको हो।