
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतैपनि पाहुना नलाग्न तथा नबाेलाउन आग्रह गरेको छ।मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले सर्वसाधारणहरुलाई उक्त आग्रह गरेका हुन् ।
सरकारले लकडाउन खुल्ला गरेको भएपनि जोखिम कायमै रहेको बताउदै उनले सर्वसाधारणहरुलाई पाहुना नलाग्न र पाहुन नबाेलाउन आग्रह गरेका हुन् । यस्तै चाड पर्वहरु पनि घरमै परिवारसंग मनाउन आग्रह गरेकाे छ ।
साथी,सहकर्मी आफन्त भनेर स्वास्थ्य सुरक्षाका मापदण्डहरु उल्लंघन नगर्न प्रवक्ता गाैतमले अाग्रह गरे ।