
राजविराज– सप्तरीमा मंगलबार मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
रूपनी गाउँपालिका ४५ वर्षीय पुरुष, राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र मा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको थियो । तीनै जनाको मृत्यु कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएको आधारमा स्वाब परीक्षण गरिएको थियो ।
रूपनीका पुरुषको रिपोर्ट पोजेटिभ र अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यस्तो थियो उनीहरुको बारेमा पुरा जानकारी कोरोनाको आशंका गरिएका ३ को मृत्यु, स्वाव संकलन गरिदै