
२२ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा एक कडा स्टाटस लेख्दै अहिलेको नेकपा भित्रको विबाद नेकपा विभाजन र समाप्त पार्ने कसरत ,देशीविदेशी ,षडयन्त्र र चलखेल ग्याङ अफ फाेरकाे पत्रकार भेटघाटपछिकाे परिदृश्य रहेको बताएका छन् । नेताहरुमा रहेको व्यक्तिगत आकांक्षा र बाँडफाँटलाई लिएर विगतमा भएको धोवीघाट गठबन्धनसँग तुलना समेत गरेका छन् ।
थापाले १० वर्ष अघि तत्कालिन माओवादीमा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध धोवीघाटमा भएको गठबन्धन र खुमलटार गठबन्धनको रिहर्सल उस्तै उस्तै भएको मात्र भन्नुभएको छैन त्यसले नेकपालाई विभाजन गर्नसक्ने समेत खतरा रहेको औल्याएका छन् ।
हेर्नुस थापाको स्टाटस
१० बर्षअघि साउन यही बेला
धाेवीघाट गठबन्धनकाे परिणति
आकांक्षा र बाँडफाँट
संसदीय दलकाे नेता – बाबुराम भट्टराई
जनसेना ईन्चार्ज – रामबहादुर थापा”बादल”
संगठन विभाग प्रमुख – माेहन वैद्य “किरण”
उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ
पार्टी अध्यक्ष तथा संसदीय दलकाे नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड”लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवकाे माेर्चाबन्दी ।
माअाेवादी धारकाे १ दर्जन समुहमा विभाजन र विघटन ।
अहिले १० बर्षपछि साउनकाे याे बेला
खुमलटार गठबन्धनकाे रिहर्सल
आकांक्षा र बाँडफाँट
राष्ट्रपति – झलनाथ खनाल
प्रधानमन्त्री – पुष्पकमल दाहाल “प्रचण्ड”
अध्यक्ष – माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा आेलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको माेर्चाबन्दी ।
याे पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताकाे लडाई हाे त ? पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयाेग पुग्याे ?
नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेछ । अनि
देशीविदेशी षडयन्त्र र चलखेल जारी छ भन्नेतर्फ सचेत भएकाे खाेई ?