
काठमाडौं– प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् ।
त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ।
प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।