
विराटनगरको सनराइज बैंकमा कार्यरत एक युवतीले बैंकको कार्यालयभित्रै आत्मह-त्या गरेकी छन्।
विराटनगर ८ की ३० वर्षीया सनाज खतिवडाले बैंकभित्रै मुसा मार्ने औषधि खाएर आत्मह-त्या गरेको प्रहरीले जनाएको छ।
मृतक बैंकको कर्जा शाखामा कार्यरत थिइन्।
घटनाको प्रकृति हेर्दा वि-ष खाएको देखिएकोले प्रहरीले बैंकको सिसि टिभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ।
उनका हातमा पनि सामान्य चोट देखिएको र रगत बगेको देखिएको प्रहरीको भनाई छ।
दिउँसो १ बजे कार्यकक्षमै वि-ष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बाँकी पक्षमा प्रहरी अनुसन्धान सुरु गरेको र ला-स पोष्ट-मार्टमका लागि पठाइको छ ।
उनको ब्यागमा सु-साइड नोट भेटिएको र प्रहरीले त्यसका आधारमा अनुसन्धान गरिरहेको दावी गरेको छ ।