
बुधबार काठमाडौं उपत्यकाकामा ६२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको नमूना परिक्षण गर्दा उपत्यकामा ६२ सहित देशभर ३ सय ८१ जना संक्रमित थपिएको जानकारी दिए।
संक्रमितमध्ये काठमाडौंका ५७ र ललितपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। मंगलबार पनि उपत्यकामा ६२ जना व्यक्तिमा संक्रमण देखिएको थियो।
पछिल्लो समय उपत्यकामा संक्रमण बढिरहेको छ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
त्यस्तै वितेको २४ घन्टा १ सय ३० जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट संक्रमित भएकाहरु निको हुनेको संख्या १५ हजार १ सय ५६ जना पुगेका छन् ।
नेपालमा थप २ जनाको कोरोनाको कारण ज्यान गएको छ । यसरी ज्यान गुमाउनेको संख्या ६० पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।