
बुधबार नेपालमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका ३४ प्रयोगशालामा ६ हजार ३ सय ५९ जनाको नमूना परिक्षण गर्दा ३ सय ८१ जनाको नमूना पोजेटिभ भेटिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
त्यस्तै वितेको २४ घन्टा १ सय ३० जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट संक्रमित भएकाहरु निको हुनेको संख्या १५ हजार १ सय ५६ जना पुगेका छन् ।
नेपालमा थप २ जनाको कोरोनाको कारण ज्यान गएको छ । यसरी ज्यान गुमाउनेको संख्या ६० पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।