कोरोना महामारीका कारण मृतकको संख्या बढेर सात लाख नाघिसकेको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा मृत्यु हुनेको संख्यामा तीब्र वृद्धि भइरहेको छ ।
अमेरिका र ल्याटिन अमेरिकामा कोरोना महामारीले भीषण स्वरुप लिएको छ जहाँ यो रोगमाथि रोकथाम गर्ने कोसिस त जारी छ तर स्थिती सम्हालिएको जस्तो देखिएको छैन ।
नेपाली समयअनुसार मंगलबार दिँउसो साढे २ बजेसम्मको तथ्यांकअनुसार विश्वभरमा ७ लाख ४ हजार ६ सय ७१ जना कोरोना भाइरसको कारण ज्यान गुमाइसकेका छन् ।
जसमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा १ लाख ६० हजार ३ सय १८ जनाको ज्यान गएको छ भने ब्राजिलमा ९६ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ४० हजार भन्दा बढी ज्यान गुमाउनेमा मेक्सिको र बेलायत रहेको छ । छिमेकी मुलुक भारतमा पनि ३९ हजार ८ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो तथ्यांकअनुसर विश्वभर संक्रमितको संख्या १ करवड ८७ लाख २१ हजार ९ सय ६५ पुग्दा १ करोड १९ लाख ३६ हजार ५ सय ४५ जना निको भइसकेका छन् ।