
मंगलबार लेबनानको राजधानी बेरूतमा भएको भयानक विष्फोटमा हालसम्म १०० जना मारिएका छन्। अत्यधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विस्फोट हुँदा करिब ४ हजार बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ।
लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन्।
विस्फोटको कारण नखुले पनि लेबनानका प्रमुख सुरक्षा अधिकारी अब्बास इबराहिमले विस्फोटक पदार्थ राखिएको बन्दरगाह क्षेत्रमा विस्फोट भएको बताएका छन् ।
विस्फोटले बन्दरगाहसँगै भवनहरुमा क्षति पुर्याएको छ । घाइतेहरुको उद्धारका लागि सेनाले हेलिकप्टरमार्फत् प्रयास गरे पनि आकाशमा अत्याधिक धुँवाका कारण सम्भव भएको छैन । लेबनानका अधिकारीहरुका अनुसार मृतकको संख्यामा बृद्धि हुने अनुमान गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले लेबनानको घटनाप्रति समवेदना प्रकट गर्दै आफूले सहयोग गर्ने बताएका छन् । उनले पनि ट्विटरमा लेखेका छन्, ‘बेइरुतको तस्बिर र भिडियोहरु डरलाग्दा छन् । बेलायतले जुनसुकै सहयोग लेबनानलाई गर्न तयार छ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विस्फोटमा मृत्यु हुनेप्रति समदेवना प्रकट गरेका छन् । उनले लेबनानलाई सहयोग गर्ने बताएका छन् । राष्ट्रपति कार्यलयमा भएको बिफ्रिङमा भने, ‘अमेरिका लेबनानलाई सहयोग गर्न तयार छ । यो डरलाग्दो आक्रमणजस्तो देखिएको छ । हामी सहयोग गर्नेछौं ।’