
सरकारले सिंहदरबार प्रवेशमा थप कडाइ गरेको छ।
कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोक लगाएको हो।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रोक लगाएको बताए। उनले अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउने बताए।
प्रवक्ता बुढाले भने, ‘अत्यावश्यक काम रोकिँदैन, तर भेटघाट, गफगाफका लागि आउनेलाई भने रोकिएको हो।’ प्रवक्ता बुढाले अर्को निर्णय नभएसम्मका लागि अब सिंहदरबार प्रवेशका कडाइ गरिएको जानकारी दिए।
पछिल्लो समय राजधानीमा संक्रमणको जो’खिम बढ्दै गएपछि सरकारले क’डाइ गरेको हो।