
लण्डन(एजेन्सी) । हालैको एक अध्ययनले मतदाताहरुले अग्ला नेता मनपराउने गरेको तथ्य पत्ता लगाएको छ । अध्ययनअनुसार मतदाताहरुमा अग्ला नेताले नेतृत्व राम्रोसँग गर्ने भएकाले उनीहरुप्रति मतदाता ढुक्क हुने देखाएको छ । विश्वमा यस्ता कैयौं नेता छन्, जसको उचाई ६ फूट छ त कसैको पाँच फूट ।
विश्वका यस्ता १३ नेता छन्, जसको उचाईसँगै नेतृत्व गर्ने शैली पनि अग्लो नै छ । पहिलो नम्बरमा आयरल्याण्डका राष्ट्रपति माइकल डी हिग्गिंस छन् । उनको उचाई पाँच फूट तीन इन्च अर्थात १ सय ६० सेन्टीमिटर छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको उचाई १ सय ६३ सेन्टीमिटरदेखि १ सय ७० सेन्टीमिटरको बीचमा छ । अर्थात् उनको उचाई पाँच फूट चार इन्चदेखि पाँच फूट सात इन्चको बीचमा छ । अक्सर किमको उचाई पाँच फूट सात इन्च रहेको स्थानीय सञ्चारमाध्यमको दाबी छ । किमको उचाई दक्षिण कोरियाली राष्ट्रपति मून जे इन भन्दा थोरै कम छ । मूनको लम्बाई पाँच फूट ५ इन्च छ । किम आफूलाई अग्लो देखाउनका लागि अग्लै जुत्ताको प्रयोग गर्ने स्थानीय सञ्चारमाध्यमको दाबी छ ।
जर्मन चान्सलर एन्जेला मर्केलको उचाई पाँच फूट पाँच इन्च अर्थात एक सय ६५ सेन्टीमिटर छ । उनी विश्वकै शक्तिशाली नेतामध्ये एकमा पर्दछिन् । जसकारण उनका हरेक गतिविधिमा सञ्चारमाध्यमले चासो दिइरहेका हुन्छन् ।
न्यूजील्याण्डकी जेसिन्डा अर्डनको उचाइ पाँच फूट सात इन्च अर्थात एक सय ७० सेन्टीमिटर छ । यो वर्ष कोरोना भाइरसका विरुद्धको लडाईमा जेसिन्डालाई विश्वभरबाट प्रशंसा मिलेको थियो ।
रुसका राष्ट्रपति भ्लादिमीर पुटिनको उचाइ पाँच फूट सात इन्छ अर्थात एकसय ७० सेन्टीमिटर छ । पुटिन रुसी राजनीतिज्ञ हुन् र उनी ७ मे २०१२ देखि रुसको राष्ट्रपति पदमा आसिन छन् । पुटिनले १६ वर्षसम्म सोभियत संघको गुप्तचर संस्था केजीबीमा कर्मचारीका रुपमा काम गरेका छन् । हंगेरीका प्रधानमन्त्री विक्टर आर्बनको उचाइ पाँच फूट आठ इन्च अर्थात् १ सय ८३ सेन्टीमिटर छ । उनी रुसका राष्ट्रपति पुटिन र न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा भन्दा एक इन्च अग्ला छन् । विक्टर सन् २०१० देखि हंगेरीका प्रधानमन्त्री छन् र उनको उमेर ५७ वर्षको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिंगको उचाइ पाँच फूट नौ इन्च अर्थात एकसय ७५ सेन्टीमिटर छ । चीनको राष्ट्रपति आफ्ना पूर्वजमा सबैभन्दा अग्ला हुन् । उनी उत्तर कोरियाली किमभन्दा पनि अग्ला छन् । सी उचाइका मामलामा रुसी राष्ट्रपति भन्दा पनि अगाडि छन् ।
ब्रिटेनका प्रधानमन्त्री बोसि जोनसनको उचाइ चीनका राष्ट्रपति जिनपिंगको बराबर छ । उनको उचाई पाँच फूट नौ इन्च अर्थात् एकसय ७५ सेन्टीमिटर छ । जापानका प्रधानमन्त्री सिन्जो आबेको उचाइ पाँच फूट १० इन्च अर्थात् १ सय ८७ सेन्टीमिटर छ । सिन्जो २०१२ देखि लिबरेल डेमोक्रेटिक पार्टीका अध्यक्ष छन् । उनी जापानमा सबैभन्दा लामो कार्यकालका लागि प्रधानमन्त्री भइसकेका छन् ।
टर्कीका राष्ट्रपति रजब तैयब अरदगानको उचाइ ५ फूट अर्थात एक सय ८३ सेन्टीमिटर छ । उनी टर्कीको १२ औं राष्ट्रपति हुन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन टूडोको उचाइ ५ फूट दुई इन्च अर्थात १ सय ८८ सेन्टीमिटर छ । जस्टिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा पनि अग्लो रहेको केहीको बुझाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उचाई ५ फूट तीन इन्च अर्थात् १ सय ९१ सेन्टीमिटर छ । तर उनको ड्राइभिङ लाइसेन्सका आधारमा उनको उचाइ ५ फूट दुई इन्च छ । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिसको उचाइ ५ फूट ५ इन्च छ । रुस र अमेरिकाको जस्तो सर्बियासँग विश्व वित्तिय र राजनीतिक शक्ति भने छैन ।