
१० हजारमा नयाँ ल्यापटप आउँछ भन्दा तपाइलाई विश्वास नलाग्न सक्छ । तर नेपालको अनलाइन मार्केटप्लेस दराजमा १० हजारमा लेनेभो ब्रान्डको नयाँ ल्यापटको विक्रिको लागि भनेर सामाजिक सञ्जालमा विज्ञापन गरिएको छ ।
१० हजार नयाँ ल्यापटप पाइने भनेपछि जोसुकै अच्चमै भएर उक्त विज्ञापन हेर्नेभए तर उसले सामाजिक सञ्जालमा गरेको विज्ञापनमा क्लिक गरेर उसको साइटमा पुग्दा भने ती सामान भेटिदैनन् ।
के हो त लफडा ?
दराजले सस्तोमा सामानको मुल्य राखेर उपभोक्तालाई झुक्याउने काम गरिरहेको छ । यसबारेमा हामीले दराजसँग बुझ्न खोज्दा उनीहरुले खासै चित्तबुझ्दो जवाफ भने दिन सकेनन् ।
दराजले सामाजिक सञ्जालमा फेसबुकमा गर्ने विज्ञापनमा क्लिक गरेपछि उस्को एप (App) इन्स्टल गर्नुपर्ने हुन्छ । ती विज्ञापन हेर्नको लागि ।
एप इन्स्टल गरेपछि तपाइले खोजेको सामान भेटिएन अरु सामान खोज्नुहोस भन्ने सन्देश पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने सस्तो मुल्यको सामान राखेर दराजले आफ्नो एप डाउनलोड गराउने उद्देश्य राखेको हुनुपर्छ ।
दराज यसरी विवादमा आएको यो पहिलोपटक भने होइन यसअगाडी पनि मेघा सेल भन्दै १ हजारको सामानको मुल्य २ हजार राख्ने अनि ४० प्रतिशत छुट भन्दै बेच्ने गरेको पाइएको थियो । यसबारेमा बुझ्दा दराजले मुल्य निर्धारणमा आफ्नो हात नहुने, दराज क्रेता र विक्रेतालाई जोड्ने प्लेटफर्म मात्रै हो भन्ने गैरजिम्मेवारी जवाफ पठाएको थियो ।
हेर्नुहोस् दराजले फेसबुकमा गरेको विज्ञापनको तस्विरहरु


अपडेट : दराजले विज्ञापन गरिरहेको सामानको मुल्य नेपालीमा नभएर पाकिस्तानी मुद्रामा राखेको छ । तर ती विज्ञापनहरु पाकिस्तानमा नभएर नेपालको लोकेसन राखेर सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइयो । एक पाकिस्तानी रुपैयाँ बरावर ७२ पैसा मात्र हुन आउँछ । अर्थात १० हजार पाकिस्तानी रुपैंया नेपाली ७ हजार १ सय ७० रुपैंया ३४ पैसा हुन आउँछ ।
सामाजिक सञ्जालमा गरिने विज्ञापनमा त्यो कुन ठाउँमा देखाउने भनेर छुट्यान सकिन्छ । पाकिस्तानमा उपलव्ध हुने सामानलाई नेपालमा उपलव्ध हुन्छ भन्दै विज्ञापन गर्नु र उनीहरुको वेवसाइटमा ती सामानहरु नहुनु पनि एक किसिमको ठगि नै भएको उपभोक्ता संरक्षण विदहरु बताउँछन् ।
दराजले नेपालसहित बंगलादेश, म्यानमार, श्रीलंका र पाकिस्तानमा व्यापार व्यवसाय गरिरहेको छ ।