काठमाडौं । काठमाडौं उपत्यकामा गए राति भूकम्पको झड्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेटमा २।७ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो । भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।
मध्यराति भएकाले सर्वसाधारणले भने भूकम्पको धक्का खासै पत्ता पाएनन् ।