
पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ।
नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ।
पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई उदृत गर्दै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।
पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढमा आफ्नो दाबा गरेको छ।
कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधीनमा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ।
Prime Minister @ImranKhanPTI unveiled the political map of Pakistan at an event earlier today. pic.twitter.com/6Iqj9YzX4K
— Prime Minister's Office, Pakistan (@PakPMO) August 4, 2020