
काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा रहेका प्रयोगशालामा ७ हजार ६ सय ८७ जनाको नमूना परिक्षण गर्दा २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
त्यस्तै मंगलबार ६५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या १५ हजार २६ पुगेको छ भने थप १ जनाको ज्यान गएर ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।
र यो पनि पढ्नुहोस् :