
दक्षिण भारतीय फिल्म उद्योगमा रजनीकान्तलाई सबैभन्दा ठूलो सुपरस्टार मान्ने गरिन्छ ।
उनको फ्यान फलोइंग भारतमा मात्र नभइ विश्वभर नै रहेका छन् ।
उनले आफ्नो करिअरमा कयैन् फिल्ममा काम गरेका छन्, जुन बक्सअफिसमा पनि निकै सफल सावित भएका छन् । उमेरको यो चरणमा पनि उनी अभिनीत फिल्म रिलिज भएपछि बक्सअफिसमा सुपरहिट हुन धेरै समय लाग्दैन ।
. @superstarrajini watched #SPYder and praised @urstrulyMahesh and @ARMurugadoss pic.twitter.com/sFaIEJEY5M
— Ramesh Bala (@rameshlaus) September 28, 2017
साउथमा रजनीकान्तलाई मानिसहरु भगवानको रुपमा पुज्ने गरेका छन् । उनको जन्मदिनमा साउथका सबै स्कूल र कलेजमा छुट्टी हुने गरेको छ । उनले साउथसँगै ‘जीत हमारी’, ‘गंगवा’, ‘जोन जानी जनार्दन’, ‘महागुरु’, ‘वफादार’ लगायतका बलिउड फिल्ममा समेत काम गरिसकेका छन् । तर, धेरै यो जान्न उत्सुक छन् कि साउथका यति ठूला सुपरस्टारको मनपर्ने हिरो को होला ?
एक अन्तर्वार्तामा उनले आफ्नो मनपर्ने एक साउथ फिल्मका अभिनेताको नाम लिएका छन् ।
उनले भनेका छन्, ‘म आफूलाई कहिल्यै पनि सुपरस्टार मान्दिनँ । मेरो नजरमा अहिले एक मात्र सुपरस्टार छन् र उनी हुन् महेश बाबू । किनकि, मलाई उहाँले गर्नुभएको कार्यप्रति गर्व महशुस हुन्छ ।’ उनले आफूलाई महेश बाबूसँग फिल्ममा काम गर्ने इच्छा रहेको पनि बताएका छन् ।