
काठमाडौं-काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै सरकारले १४ अस्पतालसहित विभिन्न हब अस्पताल तथा कोभिड क्लिनिकहरुबाट स्वाब संकलन गर्न सकिने जनाएको छ।
शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु तथा जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले ती केन्द्र तथा क्लिनिकमा गई बिहान ९ बजेदेखि १ बजेसम्म स्वाब परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
स्वाब संकलन केन्द्रका लागि तोकिएका १४ अस्पतालमा पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल छन्।
यसका साथै सम्पूर्ण हब अस्पताल, कोभिड क्लिनिक अस्पताल र कोभिड अस्पताल लेभल १, २ र ३ मा पनि स्वाब संकलन गर्नसकिने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन्।