
सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको श-व भेटिएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीले दिएको जानकारीअनुसार बझाङ जिल्ला घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंहको श-व आज शिखर नगरपालिका–१० बणैताप भन्ने ठाउँमा फेला परेको हो ।
आइतबार साँझ डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको श-व केआईसिंह गाउँपालिका–५ को बुवातडा भन्ने ठाउँमा फेला परेको थियो ।

नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनीहरु दुवै जनाको श-व फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा नुहाउन गएका बेला उनीहरु दुवै जना नदीमा बगेर बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएका स्वास्थ्यकर्मीलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबारदेखि खोजी कार्य गरिरहेको थियो ।