
सोमबार नेपालभर ४ सय १८ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालमा ७ हजार ६ सय ३७ जनाको नमूना परिक्षण गर्दा ४ सय १८ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा ३ सय ५८ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म घर फर्कनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।
अहिले देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ५ हजार ७ सय ८९ संक्रमितहरु उपचार गराइरहेका छन् । तीमध्ये लक्षण नदेखिएका केहीलाई होम आइसोलेसनमा राखिएको छ भने आज भेटिएका संक्रमितमध्ये केहीलाई आइसोलेसन सेन्टरमा ल्याउने क्रम जारी छ ।
र यो पनि हेर्नुहोस् :
काठमाडौं उपत्यकामा एकैदिन ५१ जनामा कोरोना संक्रमण भेटियो