
बाँके – बाँकेमा आइतबार चिकित्सकसहित नाै जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मिलिटिरी अस्पताल राँझाका चिकित्सकमा कोरोना देखिएको हो । अस्पतालबाट सङ्कलित स्वाब परीक्षणमा चिकित्सकसहित तीन जनामा सङ्क्रमण देखिएको छ ।
यसैगरी जिल्ला अस्पताल बाँकेबाट सङ्कलन गरिएको स्वाब परीक्षणमा पाँच जनामा कोरोना देखिएको छ । भेरी अस्पतालका अनुसार खजुराका एक जनामा समेत कोरोना देखिएको छ ।
यसअघि बाँकेकाे अदालतमा एक जना कर्मचारीमा कोरोना देखिएको थियो ।
बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि आइतबारदेखि तीन दिने निषेधाज्ञा जारी गरिएको छ । जिल्लाभित्र कोरोना सङ्क्रमण देखिएको क्षेत्रमा सिल गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
उज्यालो अनलाईनको सहयोगमा