नेपाली समुदायमा रहेको जातिय विभेदको अन्त्य गर्नको लागि नेपालमा पहिलो चोटी नेपालको पूर्वी जिल्ला खोटाङबाट दलित समुदाय र आदीबासी जनजाक्तीको सयुक्त रुपमा नेपालमा भएको जातीय बिभेदको अन्त्यर मुक्तिको लागि आन्दोलन सुरु भएको पत्रकार सम्मेलन मार्फत संघर्ष समितिले जानकारी गराएको छ ।
आईतबार जिल्ला समन्वय समिति खोटाङको सभाहलमा पत्रकार सम्मेलन गदैँ संघर्ष समिति खोटाङका संयोजक दिपक ठटालले चैत्र महिना सम्म आन्दोलन गर्ने चेतावनी दिएका छन ।
ठटालले भने, नेपालको कानुनमा छुवाछुत अन्त्य भएपनि नेपाली समाजमा अहिले सम्म व्यवहारमा लागु नभएको र नेपाली समाजमा दलित समुदायका मानिसहरुले मायापे्रम गरेकै आधारमा ज्यान गुमाउनु पर्ने र पानीछोएको र घर भित्र पसेकै आधारमा कुटाई खानुपर्ने भन्दै आन्दोलन सुरु गरेको बताए ।
ठटालका अनुसार नेपालमा लामो समय देखि राज्य सत्ताले जातीय बिभेद गदै आएको बताए । कहिले सम्म हामीले प्रेम गरेको र अन्य दलित समुदायका मानिसहरुको हन्तया भएको बिषयलाई लिएर आन्दोलन गर्ने काम मात्र नेपाली दलित समुदायको भूमिका भयो ।
आन्दोलनको कार्ययोजना प्रस्तुत गदै भने, भदौ २० गते साकेला गाँउपालिका, २२ गते दिप्रुङ चुईचुम्मा गाँउपालिका ,२४ गते खोटेहाङ गाँउपालिका ,२६ गते जन्तेढुङगा गाँउपालिका ,२८ गते बराहपोखरी गाँउपालिका र आसोज १ गते हलेशी चुवाचुङ गाँउपालिका, ३ गते रावाबेशी गाँउपालिका ,५ गते ऐसेलुखर्क गाँउपालिका र १० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संर्घष समितिको गठन गर्ने ठटालले बताए ।
त्यस्तै गरि असोज २५ गते जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गर्ने ,कात्तिक २२ गते अन्तरपाटी छलफल गर्ने ,मंसिर १३ गते पालिका स्तरीय कमिटी बनाउने, पौष २ गते जिल्लामा रहेका ७७ वटामा वडामा संर्घष समिति गठन गर्ने पौष र माघ मसान्तसम्म पालिका स्तरिय प्रशिक्षण ,तालिम ,गोष्ठी,अन्तरक्रिया कार्यक्रम गर्ने र फागुन १ गतछे देखि मार्चपास, मसालजुलुस,खुल्ला आमसभा गर्ने र दवाब पूर्ण आन्दोलन गर्ने ठटालले बताएआदिबासी जनजाती महासंघ खोटाङका अध्यक्ष हात्तिराम राईले भने ,नेपालमा दलित समुदायलाई दोस्रो दर्जामा राखेर बिभेद गरे जस्तै आदिबासी जनजाक्तीलाई पनि सरकारले कानुन बनाउदाँ बिभेद गरेको भन्दै यो आन्दालेन आदिबासी जनजाक्तीको पनि भएकाले सयुक्त संर्घष समिति मार्फत आन्दोलन गर्ने हामीले निर्णय हामीले गरेर आन्दोलन सुरु गरेको बताए ।
त्यस्तै गरि दलित नेता तथा संर्घष समितिका सल्लाकार संयोजक चर्चबहादुर बिश्वकर्माले भने ,नेपालमा अत्तिम लडाई अब दलित समुदायको हुने बताए । यो लडाईले की दलित समुदायका मानिसहरु सिधिन्छन की नेपालमा अन्य जातीको जस्तै समान अधिकार हुन्छ भन्दै आन्दोलन सफल नहुनजेल आन्दोलन नरोकिईने बिश्वकर्माले बताए ।