
प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन्। उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रुपमा परिचित छन्।
उनले समसामयिक विषयमा सामाजिक सञ्जालमा आफ्नो भनाइहरु राख्ने गर्दछन् । अहिले कोरोनाको महामारीले विश्व आक्रान्त बनेको बेला नेपाल पनि त्यसबाट अछुतो बन्न सकेको छैन ।
अहिले काठमाडौंमा पनि कोरोनाको जोखिम देखिन थालेको छ । विशेषगरी ट्राफिक प्रहरीहरु कोरोना संक्रमित भएर क्वारेन्टाइनमा बसेपछि गायक खरेलले ट्वीटर मार्फत आफ्नो भनाइ राखेका छन् ।
उनी लेख्छन्, उपत्यकामा ३ सयजना ट्राफिक प्रहरी क्वारेन्टाइनमा रहेको खबर आयो । ट्राफिक प्रहरी अभावले उपत्यका मा सडक केही अस्तव्यस्त देखियो।
यो अवस्था मा हामी सवै आफैं संयमित बनौ र सहयोग गरौं ।
घाम पानी केहि नभनी सेवामा खटिने ट्राफिक ज्यू हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरौं
हेरौं उनको ट्वीट
उपत्यका मा ३०० ट्राफिक प्रहरी क्वारेन्टाइन मा बसेको समाचार आयो। ट्राफिक प्रहरी अभावले उपत्यका मा सडक केहि अस्तव्यस्त देखियो।
यो अवस्था मा हामी सवै आफैं संयमित बनौ र सहयोग गरौं ।
घाम पानी केहि नभनी सेवामा खटिने ट्राफिक ज्यू हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरौं @valleytraffic— Pramod Kharel (@kharel777) August 2, 2020
सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै सडकमा मानिहरुको चाप बढिरहेको छ । यसले गर्दा कोरोना फैलनसक्नेतर्फ संकेत गर्दै गायक खरेलले सबैमा संयम हुन आग्रह गरेका हुन् ।