
आफ्नो कलाका कारण चर्चामा आएकी बिद्या बालन बलिउडकी चर्चित अभिनेत्री हुन् । २००५ मा सेफ अलि खानको “परिनेता”बाट सुरु गरेकी थिइन् । अहिले उनले खेलेका सबै फिल्म चर्चित भएका छन् ।
विद्याले धेरै राम्रो काम गरेकी छिन् । उनको अभिनयले धेरैको मन जितेको छ । तर के तपाईलाई थाहा छ उनले यो उद्योगमा यो क्षेत्रमा टिक्नको लागि धेरै संघर्ष गरेकी छिन् ।
सुरुमा उनलाई फिल्मी क्षेत्रमा आउन मन लाग्यो । उनले उनको आमा र बुवालाई लिएर फिल्म निर्देशककोमा गइन् । ती निर्देशकले उनलाई हेरेर मुस्कुराउदै भने, “के तपाईलाई तपाइको छोरी हिरोनी बन्छे जस्तो लाग्छ?” त्यस पछाडी उनी रुदै त्यहाँबाट बाहिर निस्किन र ८ महिनासम्म आफ्नो अनुहार हेरिन्न ।
अडिसन
मैले बजारमा कुनै टेलिफिल्मको लागि अडिसन हुन लागेको सुने । त्यसपछि मैले पसलको भैयासँग बिहेको लुगा लगाएर फोटो खिच्न लगाए । र बिहान ११ बजेदेखि राती ९ बजेसम्म अडिसन दिन बसे तर मेरो पालो नै आएन । मेरो बुबा आमाले पनि मलाई अब फिल्मी क्षेत्रको भुत उत्रिइसक्यो भन्ने सोच्नु भयो । तर मैले हरेस खाइन । मैले अडिसन दिए पास भए तर अन्त्यमा फिल्म नै बनेन ।
एकदिन एउटा कामको सिलसिलामा म एउटा निर्देशकलाई भेट्न गए । सानै भए पनि मलाई प्रस्ट थाहा थियो कि उस्ले मलाई फाइदाको लागि प्रयोग गर्न खोज्दैछ ।