
एजेन्सी । रोनाभाइरसले संसारलाई नै अत्त्याइरहेको छ । मानिसहरू संक्रमणबाट बच्नका लागि विभिन्न उपाय अपनाइरहेका छन् । दक्षिण कोरियामा एक व्यक्तिले कोरोना संक्रमणको डरका कारण सबै नगद वाशिङ मशिनमा राखेर डिसइन्फेक्ट गरेका छन् । उनले लगभग २३ लाख रुपैयाँ मशिनमा राखेका थिए ।
अधिकारीहरूका अनुसार, इयोम थर भएका उक्त व्यक्तिलाई निकै घाटा लागेको छ । धेरै नोटहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए । पछि उक्त व्यक्ति बैंक अफ कोरिया गएर क्षतिग्रस्त नोटको साटो नयाँ नोट पाइन्छ कि भनी पत्ता लगाउन खोजेका थिए ।
बैंकले उनलाई क्षतिग्रस्त र फाटेको नोटलाई साट्न सकिने जानकारी दियो । त्यसपछि नियममा रहँदै बैंकले उक्त व्यक्तिलाई दुई करोड ३० लाख वोन बराबरको नयाँ करेन्सी दियो ।
बैंक अधिकारी सिओ जी वोउनले कतिपय नोट चाहिँ साट्न नमिलेको किनकि ती कामै नलाग्ने भएको बताए । उक्त व्यक्तिलाई निकै घाटा लागेको सिओको भनाइ छ । अर्का एक व्यक्तिले माइक्रोवेभ ओभनमा राखेर नोट सफा गर्न खोज्दा काम नलाग्ने बनाएको जानकारी पनि सिओले दिए ।