
विराटनगर ।भ्रष्टाचारविरुद्धका अभियन्ता श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलमाथि कुटपिट भएको छ ।
शनिबार कार्यालय परिसरभित्रै कार्यालयकै कर्मचारीहरुले सञ्जेलमाथि हातपात गरेका हुन् । सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।
कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । स्रोतका अनुसार सञ्जेलले कर्मचारीलाई केही कामका लागि निर्देशन दिएका थिए । तर सो काम नगर्ने भन्दै कर्मचारी र उनीबीच विवाद भएको थियो ।
विवादकै बीच कर्मचारीहरुले उनीमाथि कुटपिट गरिएको बताइएको छ । हाल दुवै पक्ष जिल्ला प्रहरी कार्यालय मोरंगमा पुगेका छन् । दुवैबीच वार्ताको प्रयास भइरहेको मोरङ प्रहरीले बताएको छ ।यसअघिपनि सञ्जेलले कर्मचारीको मानमर्दन गर्ने गरेको भन्दै केही कर्मचारीहरुले उनी विरुद्ध असन्तुष्टि जनाउदै आएका थिए ।