काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।
संक्रमितहरु काठमाडाैंकाे ५ र भक्तपुरकाे २ जना रहेकाे गाैतमले बताए ।
२४ घण्टामा तीन सय १५ जना कोरोना संक्रमित थपिए
शनिबार कोरोनाभाइरसका तीन सय १५ जना संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्। अब संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए।
शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् भने आइसोलेनमा रहनेको संख्या पाँच हजार तीन सय ३८ छ। विगत २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किए।
अहिलेसम्म कोरोना निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए।