संसारभर कोभिड-१९ को प्रभाव सँगै नेपालमा पनि गरिएको लकडाउनले बिषेशगरी बिद्यालय क्षेत्रमा ब्यापक प्रभाव परेको र अविभावकहरु आफ्ना बच्चाहरुलाई बिद्यालय पठाउने/ नपाठाउने बारेमा अन्यौल ग्रस्त रहेको अबस्थामा गत महिना देशब्यापी रुपमा अनलाईन मार्फत अभिभावकहरुको मत बुझ्ने प्रयास गरिएको थियो । जेठ २० गते केटीएम दैनिकमा “तपाई आफ्नो बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने आफ्नो मत राख्नुहोस्” शीर्षकमा समाचार राखिएको थियो ।
यस अध्ययनमा संलग्न मध्येका एक जना अनुसन्धानकर्ता भोला प्रसाद कोइरालाको अनुसार देशभरका ६ सय भन्दा धेरै अविभावकहरुले यो बारेमा आफ्नो मत जाहेर गरेका छन र अधिकांश अविभावक अहिलेको अबस्थामा आफ्ना बच्चाहरुलाई बिद्यालय पठाउन तयार छैनन । त्यसै बेलामा भारतमा गरिएको एक सर्वेक्षणमा पनि करिव ९० प्रतिशत अविभावकहरुले आफना बच्चाहरुलाई बन्दाबन्दी खुले पनि तत्काल बिद्यालय पठाउन तयार नभएको जवाफ दिएका थिए
६ सय २८ जना अभिभावकहरु सहभागी भएको सर्वेक्षणमा सबैभन्दा धेरै बाग्मती प्रदेशबाट ३६६, प्रदेश १ बाट ८१ जना, गण्डकी प्रदेशबाट ५१ जना, प्रदेश ५ बाट ४८ जना, सुदूरपश्चिम प्रदेशबाट २९ जना र कर्णाली प्रदेशबाट १८ जना सहभागी भएका थिए ।
सरकार तथा निजी बिद्यालयहरुले भदौ १ गते बाट नै बिद्यालय सञ्चालन गर्न हतारिरहेको अबस्थामा कोरोना संक्रमणबाट बच्ने उपायहरु सुनिश्चित नगरी बिद्यालय सञ्चालन गरे पनि अभिभावकहरु आफ्ना बच्चाहरुलाई बिद्यालय पठाउन तयार देखिएका छैनन ।
सहभागीहरू मध्ये ९१.६ प्रतिशत अभिभावकहरू बन्दाबन्दीको अवस्थामा विद्यालय खुलेमा खुल्ने बित्तिकै विद्यालयपठाउन तयार नभएको बताएका छन् भने पठाउन तयार रहेका अभिभावकहरू ८ प्रतिशत मात्र छन् ।
बिद्यालय तत्काल पठाउन तयार नहुने ५ सय ७५ अविभावकहरु मध्ये करिव ४५ प्रतिशतले स्थिति सामन्य भए पछि र ४० प्रतिशतले संक्रमणको दर सुन्य भएपछि मात्र पठाउन तयार छु भनेर जवाई दिएका छन। यसको मतलव अविभावकहरु तत्कालै कुनै हालतमा पनि आफ्ना बच्चाहरुलाई बिद्यालय पठाउने मनस्थितिमा छैनन । दस प्रतिशत अविभावकहरु चाहि अबस्था हेरेर बिद्यालय पठाउन तयार देखिन्छन् ।
सर्वेक्षणको समयमा बिशेषगरि निजि बिद्यालयहरुले उठाउदै आएको अनलाइन बाट कक्षा सञ्चालनको पक्षमा आधा भन्दा कम उत्तरदाताहरु मात्र रहेको देखियो भने करिब ५६ प्रतिशत अविभावकहरु अनलाइन कक्षाका लागि तयार छैनौ भनेर मत जाहेर गरेको देखियो ।
आफ्ना बालबालिकाहरुलाई घरमै राख्दा उनीहरु स्वभावमा केही परिवर्तनहरु पनि देखिएका छन् । करिब दुई तिहाई बालबालिकाहरुको आनि बानी तथा स्वभावहरुमा केहि न केहि परिवर्तन आएको देखियो। त्यस मध्ये झन्डै ५० प्रतिशत बालबालिकाहरु पहिले भन्दा आफ्ना अविभावकहरुले भनेको/अह्राएको नमान्ने, ४० प्रतिशतले कुरालाई बढाइ चढाइ गरेर भन्ने , ४५ प्रतिशतमा चाँहि रिसाउने झगडा गर्ने प्रवृति बढेको देखियो । यसबाट बन्दाबन्दीले गर्दा बालबालिकाहरुमा मानसिक रुपमा केहि न केही असर पारेको देखियो भने घरमा धेरै समय बिताउने हुनाले उनिहरुलाई एकोहोरो पना, जिद्धिपना बढ्ने तथा असामाजिक हुने सम्भावना पनि बढ्न सक्ने देखियो ।
यस अध्ययनको बिस्तृत प्रतिबेदन यस प्रकार छ ।