काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ
काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज सरकारले १० हजार भन्दा बढी नमूना परिक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २ सय २४ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
र यो पनि पढ्नुहोस् :