
शुक्रबार नेपालमा २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा देशभरका प्रयोगशालामा १० हजार ७ सय ८६ जनाको नमुना परीक्षण गर्दा २ सय २४ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
अहिलेसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पीसीआर विधिबाट नमूना परिक्षण गरिएको छ ।
पछिल्लो समयमा सुरक्षा निकायहरुमा बढी मात्रामा कोरोना संक्रमण देखिएको छ । आज मात्रै नेपाल भारत सीमा काकडभिट्टामा नाका खटिएका १२ सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।