
झापामा आज थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पुर्वी नाका काकरभिट्टाका १२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा संक्रमण देखिएको छ भने २० जनाको रिपोट नेगेटिभ आएको हो ।
मेची नगर नगरपालिकाबाट ३२ जना सशस्त्र प्रहरीसहित एक सय १७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । जसमा १२ जना सशस्त्रमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काँकडभिट्टामा कोरोना संक्रमित हुने सशस्त्र प्रहरीको संख्या ३२ पुगेको छ । यसअघि सोही गुल्मका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु आइसोलेसनमा छन् । सशस्त्रका थप व्यक्तिमा कोरोना देखिनुले संक्रमित एउटै हलमा बस्दापनि कोरोना फैलन सक्ने देखिएको भन्दै सामुदायिक भबनलाई क्वारेन्टाइन बनाउन उपयुक्त हुने देखिएको मेचीनगर नगरपालिकाका उप–प्रमुख मीना उप्रेती बताउँछिन् ।
यससँगै झापामा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ३५ पुगेको छ ।
बिहीबार मात्र झापाको पाथीभरा शिक्षालयका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज थपिएका संक्रमितसँगै झापामा कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ ।