
रातिको बेला किराना पसल मालिकले पसल बन्द गर्नै लागेको थियो कि एउटा कुकुर त्यहाँ आई पुग्यो । उसको मुखमा एउटा थैली थियो र त्यो थैली भित्र जरूरी समानको सूची र पैसा थियो । पसल मालिकले पैसा लियो र सूची अनुसारको समान झोलामा भरि दियो । कुकुरले झोला मुखमा उठायो र गयो । पसल मालिक छक्क पर्यो र उसको उत्सुकता बढ़न थाले पछि उ पनि कुकुर पछि पछि लाग्यो यो हेर्नका लागि कि यति समझदार कुकुरको मालिक को रहेछ !
कुकुर बस स्टपमा गएर उभियो, केही समय पछि एउटा बस आयो, कुकुर बस भित्र चढ़्यो । कन्डक्टरको नजिकै आउँदा कुकुरले आफ्नो घाँटी अगाडि राख्यो, घाँटीमा बांधिएको पेटीमा पैसा र ठेगाना थियो । कन्डक्टरले त्यस ठेगाना सम्मको टिकट काटेर त्यसै पेटीमा राखि दियो । झर्ने ठाऊँ आए पछि कुकुरले बसको ढोकामा पुगेर पुच्छर हल्लाएर कन्डक्टरलाई इशारा गर्यो र बस रोकिए पछि बस बाट झरेर आफ्नो गन्तव्य तिर लाग्यो ।
पसल मालिक पनि कुकुरको पछाड़ी पछाड़ी थियो । घर आई पुगे पछि कुकुरले आफ्नो खुट्टाले दुई पटक ढोका ढकढक्यायो । घरको मालिक आँखा चिम्लिंदै घरभित्र बाट बाहिर आयो र कुकुरलाई एउटा लट्ठीले कुट्यो । पसल मालिक छक्क परेर हेरी रहेको थियो । अनि जिज्ञासा शान्त गर्नलाई उसले त्यो कुकुरलाई यसरी कुटनको कारण सोध्यो ..? घर मालिकले भन्छ, “सालेले मेरो निन्द्रा बिगार्दियो…….चापि साथमा लिएर जान सक्दैन थियो, गधा !”
जीवनको सत्य पनि यही हो । तपाईबाट मानिसहरूका अपेक्षाहरूको कुनै अन्त हुँदैन । एउटा सानो गल्ती हुने बित्तिकै, तपाईमाथि आरोप प्रत्यारोप शुरू भई हाल्छन् । तपाईले गर्नु भएका विगतका सबै भलाईहरुलाई बिर्सन्छन् । त्यसैले सावधानीपूर्वक र इमान्दारिताका साथ आफ्नो काम गरिरहनुहोस्, मानिसहरू तपाईंबाट कहिल्यै सन्तुष्ट हुने छैनन् ।