काठमाडौँ। हिन्दी कथानक चलचित्र कबिर सिंहबाट लोकप्रियता कमाउन सफल अभिनेत्री कियारा आडवाणीको आज २८औँ जन्मदिन परेको छ।
अभिनय कुशलताका कारण उनले बलिउड चलचित्र उद्योगमा आफ्नो स्थान बनाइसकेकी छिन्। कियाराको जन्म सन् १९९२ आजको दिन अर्थात् ३१ जुलाईमा भएको हो।
उनले बलिउडमा फग्ली चलचित्रबाट प्रवेश गरेकी हुन्। छोटो समयमा लोकप्रियता कमाएकी आडवाणीले अहिले सम्म एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
उनको चर्चित चलचित्रहरु एम यस धोनी, कलंक, कबिर सिंह, गुड न्युज हुन्। उनको वास्तविक नाम आलिया आडवाणी हो। आफ्नो पहिलो चलचित्र रिलिज हुनु भन्दा अघि उनले कियारा राखेकी हुन्।