
विराटनगर:मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गरिने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्य कता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।
संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायात सँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजायको बाध्यकारी निर्णय गर्नु परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
कोरोनाबाट बच्न सबै जनाले दुई मिट रको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने उनले बताए ।
यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड-१९ उच्चस्तरीय समि तिको बैठकबाट भएको उनको भनाइ छ ।
यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना गरिने जानकारी खड्काले दिए । ‘कोरोनाले महामारीको रुप लिइरहेका बेला सबैले सावधानी अपनाउनु पर्ने हो ।
तर हेलचेक्राई गरि रहेका कारण संक्रमण फैलिएको पाइयो, उनले भने, ‘त्यही भएर कोरोनाबाट सबैलाई सुरक्षित राख्नका लागि कारबाहीको बाध्यकारी निर्णय गर्नुपर्ने अवस्था । नियम उल्लंघन गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने छ ।