
नेपाली बजारमा सुनको मूल्य तोलामै लाख नजिक पुगेको छ ।
विहीबार ९९ हजार रुपैंया मुल्य रहेको सुन आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको मुल्य अहिलेसम्मकै बढी मुल्य हो ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।
महासंघका अनुसार सुनको भाउ बढे पनि चाँदी भने घटेको छ । चाँदी आज तोलाको २५ रुपैयाँले घटेर प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
लकडाउन खुलेयता सुनको भाउ दैनिक बढीरहेको छ ।
सुन तोलाकै लाख नजिक पुगेपनि कारोबार भने नभएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।