
सनराइज बैंकका स्वतन्त्र सञ्चालक ओमकृष्ण जोशीले आज राजिनामा दिएका छन् ।
आज बसेको सनराइज बैंक सञ्चालक समिति समक्ष उनले राजीनामा दिएका हुन् । तर, उनले दिएको राजीनामा स्वीकृत भएको छैन ।
अब बस्ने सनराइज बैंक संचालक समितिको अर्को बैठकले उक्त राजीनामा स्विकृत गर्ने वा अस्विकृत गर्ने भन्नेबारेमा निर्णय गर्ने बताइएको छ ।
जोशीले राजीनामा दिएपनि सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतका जनकराज शर्मा पौडेलका विषयमा भने बैंक बोर्डले कुनै निर्णय गरेको छैन ।