
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज (बिहीबार) काठमाडौंका ४१, भक्तपुरका दुई र ललितपुरका दुई जना गरी ४५ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामध्ये ४५ जना काठमाडौं उपत्यकाभित्रका हुन् ।
२४ घण्टामा २ सय ७४ कोरोना संक्रमित थपिए
बिहीबार देशभर कोरोनाका २ सय ७४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।
यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट २ सय २७ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।
हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन्। त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।