
एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरको छ ।
सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको आज नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
वर्षायाममा बढ्दो बाढीको जोखिम व्यवस्थापनका लागि खर्च जुटाउन सरकारले एशियाली विकास बैंकसँग सहयोग माग्ने भएको छ।
बाढी जोखिम व्यवस्थापनका लागि अनुमानभन्दा धेरै रकम आवश्यक परेपछि स्रोत जुटाउन एडीबीसँग सहयोग माग्न लागिएको हो।
अर्थ मन्त्रालयका अनुसार बाढी नियन्त्रणसँग सम्बन्धित पूर्वाधार निर्माण र पूर्वाअनुमान क्षमता विकासका लागि स्रोत दबाबमा परेपछि एडीबीसँग सहयोगका लागि वार्ता थालिएको छ।
त्यस्तै सरकारले अब विद्यालयहरूलई क्वारेन्टिन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराएका हुन्।
‘विद्यालय परिसरमा क्वारेन्टिन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन। साथै क्वारेन्टिन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्छ,’ उनले भने।