
भारतमा पछिल्लो २४ घण्टामा कोरानो भाइरसका ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ५२ हजार २ सय ४९ नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८४ हजार ३ सय ४८ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७ सय ७९ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ हजार ३ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्याको आधारमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ । अमेरिका र ब्राजिलपछि भारतमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।
खुला सिमाना र धेरै नेपालीहरु भारतमा रोजगारी गर्न जाने र धेरै भारतीयहरु पनि नेपालमा रोजगार र व्यापारको सिलसिलामा आउने हुनाले नेपाल पनि संक्रमणको जोखिममा परेको छ । नेपाल सरकारले अन्तराष्ट्रिय नाका बन्द गरेतापनि खुला सिमानाका कारण विभिन्न बाटोहुँदै नेपाल प्रवेश गर्नेहरुको संख्या ठूलो रहेको छ ।