
काठमाडौं । चर्चित फिल्म ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ ।
राजामौलीले ट्वीट गर्दै आफ्ना परिवारका सबैजनालाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ।
राजामौलीले आफ्ना परिवारका सदस्यलाई केही दिनदेखि हलुका ज्वरो आएको र कोरोना परीक्षणको नतिजा ’पोजेटिभ’ आएको ट्वीटमा जनाकारी दिएका छन् ।
My family members and I developed a slight fever few days ago. It subsided by itself but we got tested nevertheless. The result has shown a mild COVID positive today. We have home quarantined as prescribed by the doctors.
— rajamouli ss (@ssrajamouli) July 29, 2020
उनको परिवार हाल चिकित्सकको सल्लाह अनुसार ’होम क्वारेन्टाइन’मा बसेको छ।
उनले कोरोना संक्रमण भएको सार्वजनिक भएसँगै उनलाई कलाकार तथा प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
राजामौलीले कोरोना भएको जानकारी दिएपछि गरेको अर्को ट्वीटमा उनले आफ्नो परिवार शरीरमा एन्टीवडीको विकासलाई कुरिरहेको र त्यसपछि प्लाज्मा दान दिने बताएका छन्।
लकडाउन खुलेसँगै उनी फिल्मको सुटिङमा व्यस्त रहेका थिए । “राइज रोबर रिबल्ट” फिल्मको सुटिङको लागि जाँदा उनलाई कोरोना संक्रमण भएको बताइएको छ ।