
अविरल वर्षासँगै आएको बाढीले दाङमा २ वटा एम्बुलेन्स बगाएको छ ।
बुधबार बिहान नारायणपुरबाट तुलसीपुर आउदै गरेको रा १ च ८९२ नम्बरको एम्बुलेन्स हापुर खोलाले बगाएको थियो।
२० मिटरसम्म बगाएको एम्बुलेन्समा चालकसहित ५ जना रहेको उक्त एम्बुलेन्समा सवार सबैको उद्दार गरिएको थियो । त्यस्तै, आज बिहान ५ बजे तिर कपिलवस्तुबाट तुलसीपुर आउँदै गरेको रा १ च ८११ नम्बरको एम्बुलेन्स घोराही-४ को सिस्ने खोलाले बगाएको थियो।
झण्डै १५ मिटरसम्म बगाएको एम्बुलेन्सका चालक सहित ६ जनाको पनि सकुसल उद्दार गरिएको छ।
दाङमा अधिकांश खोलामा लामो समयपछि पुल बनेका छन। अझै केहीमा बन्न नसक्दा बर्खामा खोलाले मानिस तथा सवारीसाधन खोलाले बगाउने गरेको छ।