करेन्ट लागेर झापाको बिर्तामोड नगरपालिकामा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा बिर्तामोड–७ खालबारीका ५० वर्षीय शम्सेर तामाङ रहेका छन् । तामाङलाई बिहान ९ बजेतिर आफ्नै घरमा करेन्ट लागेको थियो ।
नयाँ बनाउँदै गरेको घरमा पानी लगाउने क्रममा मोटरबाट करेन्ट सर्ट भएर तामाङ गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा दिउँसो पौने ३ बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।
मोटरबाट पानी तानेर नुहाउने वा घरमा पानी लगाउने क्रममा यस्ता घटनाहरु हाम्रो समाजमा घटिरहेका छन् ।