
हामीले प्राय घर,अफिस, मन्दिर लगाएका स्थानमा पवित्रताकाे लागि अगरबत्ति बाल्ने गर्दछाै । मन्दिरहरुमा पुजा पश्चात् आरतीका रुपमा धुप दिप बालेर पुजागर्नु पर्ने नियम रहिआएकाे छ ।
सनातन देखि चलिआएको नियम दशैकाे फुलपातिमा भित्र्याएको पाति द्वारा बनाईएकाे धुप वर्षभरि नै काेईला बालेर धुपबाल्ने नियम रहिआएको छ ।
यसरी विभिन्न जडिबुटी मिश्रति पातिलाई धुलाेबनाएर धुप बालेमा विभिन्न राेगहरु निकाेहुने पनि उल्लेख गरिएको छ ।
पछिल्लाे समयमा बजारमा आएका विभिन्न अगरबत्तिहरु शास्त्रीय नियम बिपरित छन् । जुन बाल्दा स्वस्थ्यमा गम्भीर असरपार्ने विज्ञहरुले सुझाव दिइरहेका छन् ।
बासनाका लागि विभिन्न प्रकारका सेन्टकाे प्रयाेग हुने गरेकाे छ ।
जुन बाल्दा यसले गम्भीर असर पार्ने भन्दै पछिल्लो समयमा बहस सुरुभएकाे छ ।
शास्त्रका अनुसार कुनै पनि पवित्र कार्यगर्दा बासबाट बनाइएका बस्तुहरु नबाल्नु भनेर पनि उल्लेख गरिएको छ ।
बजारमा पाउने अगरबत्तिहरु बासकाे सिन्काबाट बनाईएकाे हुन्छ । कुनैपनि मंगलिक कार्यगर्दा बासकाे समिधा बाल्न निषेध गरिएकाे छ ।
बजारमा पाउने हरेक अगरबत्ति बासकाे सिन्काबाट बनाईएकाले याे पुजाकाे लागि निषेध गरिएको छ ।
पुजाकालागि पबित्र मानिने बाटेकाे धुप सबैभन्दा उत्तम मानिन्छ । उक्त धुप नेपाली कागजमा बनाईएकाले र विभिन्न जडिबुटीयुक्त वस्तुकाे प्रयाेग भएकाले सिन्के धुपभन्दा बाटेकाे धुप नै पवित्र हुने विज्ञहरुले सुझाव दिएका छन् ।
सकेसम्म फुलपातिमा भित्राईएकाे पातिलाई धुलाेबनाएर ध्यूमा माेलेर बालेमा पबित्र हुने पनि शास्त्रमा उल्लेख गरिएको छ ।