
काठमाडाैं । काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएकाे बताए ।
संक्रमितहरु काठमाडाैंकाे १४ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।
याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ४ सय ८७ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ४९, ललितपुरकाे ८९ र भक्तपुरकाे ५१ जना रहकाे छन् ।
काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
२४ घण्टामा २ सय १० जनामा कोरोना संक्रमण पुष्टि
बुधबार देशभर कोरोनाका २ सय १० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।
यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २१ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ।
हाल देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन्। त्यस्तै ४९ जनाले कोरोनापछि ज्यान गुमाएका छन्।