
काठमाडौं – बलिउड अभिनेता सञ्जय दत्तको आज जन्मदिन परेको छ । उनी २९ जुलाई १९५९ मा भारतको मुम्बईमा जन्मिएका हुन् ।
उनले आज आफ्नो ६० औं जन्मदिन मनाउदैछन् ।
उनले जन्मदिनको अवसर पारेर फिल्म ‘केजीएफ च्याप्टर टु’ को पोष्टर सार्वजनिक गरेका छन् ।
यश अभिनित फिल्म ‘केजीएफ ‘ को दोस्रो संस्करण यही वर्षको अक्टोबरमा आउने बताइएको छ ।
तर कोरोनाभाइरसका कारण मिति बढ्ने सम्भावना छ । फस्ट लुकमा सञ्जय नै देखिएका छन् ।
यस फिल्ममा उनी अधिराको भुमिकामा देखिदैछन् ।
‘केजीएफ’ को अपार सफलतापछि फिल्मको दोस्रो च्याप्टर प्रतीक्षित बनेको हो ।
फिल्ममा अझ सञ्जय दत्त पनि हुने भएपछि फ्यानको पर्खाइ हुने नै भयो ।
फिल्ममा सञ्जय दत्त खलनायकको भूमिकामा देखिनेछन् ।